جمعرات، 11 جون، 2020

नेपाली मुसलमान शिक्षा र प्रशिक्षण


*नेपाली मुसलमान शिक्षा र प्रशिक्षण*
 *मुहम्मद तासिन नदवी*
नेपाल एउटा सुन्दर र सानो राष्ट्र हो।अल्लाह ताआलाले हिमालयको सबैभन्दा ठुलो चुचुरो नेपालमा अवस्थित बनाइदिनुको कारणले नेपाल पुरै पृथ्वीजगतमा प्रसिद्ध रहेको छ। यो अल्लाह ताआलाको एउटा कृपा हो कि जगतमा अवस्थित मनुष्यहरु नेपाल देखि परिचीत छन किनभने नेपाल  गरिब राष्ट्र मध्यको एउटा राष्ट्र हो। एक प्रकारले धनहिनता नेपालको भाग्यनै देखिन्छ । आउनुस हामी नेपालमा अवस्थित मुस्लिम समुदायको मुल्यांकन गरौं । के यहाँका मुस्लिमहरु दीनि (धार्मिक )वा दुनियावी (संसारिक) सैद्धान्तिक माथी किर्यावान छ्न । शिक्षा जो कुनै पनि समाजको विकास,उन्नति,प्रगति र सभ्यता र शिष्टताको दर्पणकार हुन्छ सो हाम्रा बालबालिकाहरु ईस्लाम देखि कति नगिच रहेका छन। यदि उल्लेखित कुरा माथी अध्यन गर्नी हो भने हाम्रा युवावर्गहरु र स्वयम् हामी जिम्मेवार तथा अभिभावकहरु पनि ईस्लामि शिक्षा दीक्षा देखि अतिनै टाढा रहेका छौ भनेर बडो दुखको साथमा उल्लेख गर्ने बाध्यता रहेको छ। हामीहरुको चिन्ता भनेको वाकेवल कसरी आफ्ना सन्तानलाई  उमेर बडाएर होस अथवा घुस खुवाएर होस व अरु कुनै उपाय लगाएर होस चाडै भन्दा चाडै नागरिकता राहदानी प्राप्त गरेर रोजगारीको लागी विदेश पठाउन सक्छौं भन्ने रहेको छ। ती केटाकेटीहरु जसको शिक्षा दिक्षाको जिम्मेवारी आमा बुबाको थियो आज उनिहरु सबै रियाल दिर्हम दिनार डलर पाउन्डको भेंट भएका छन। फेरि जब हामी बुबा आमा बृद्धअबश्था तथा अशक्त अबस्थामा पुग्छौं अनि आफ्ना यिनै अशिष्ट असभ्य सन्तान देखि सत्कार आदर सेवाको आस लगाउछौ। आजको दिनमा आमा बुबाको सेवा आदर सत्कार गर्ने सन्तानहरु समाजमा धेरै भन्दा धेरै  १० देखी  २० %  मात्र रहेको छ। सोही कारण आज समाजमा वैर शत्रुता आघातता निराशा असफलता जस्ता चिजहरुको जन्म भैरहेको छ जो साधारणता समाजमा अशिक्षा तथा असभ्यताको कारणले उत्पन्न हुने गर्छ जसको जिम्मेवार हामी अभिभावकहरु हुन। किनभने शिक्षाकेवल पठन पाठनलाई सर्वव्यापक गर्ने नाग मात्र होइन शिक्षा एउटा यस्तो कार्यहो जसको माध्यमले एक व्यक्ति देखि लिएर पुरै समुदायले जानकारी प्राप्त गर्छ  भने यो कार्यले समुदायको आकृति दिने व्यक्तिलाई संवेदना विवेक निखार्ने एउटा माध्यम पनि हो। यश,यो एउटा नयाँ पीढीको त्यो शिक्षा दीक्षा प्रशिक्षण हो जो उसलाई जीवन बिताउने सहि विवेक प्रदान गर्दछ र जिबनको लक्ष्य गन्तव्य र आफ्नो कर्तव्यको भावना दिलाउछ। शिक्षाको माध्यमलेनै कुनै पनि समुदाय आफ्नो सांस्कृतिक  मानसिक दायलाई आगामी पीढी सम्म पुर्याउछ र उनीहरुलाई जिबनको लक्ष्य सङ्ग लगाउ बडाइदिन्छन जसलाई उसले अप्नाएको छ। शिक्षा एउटा मानसिक शारीरिक र नैतिक प्रशिक्षण हो उसको मुल उदेश्य उच्च शिष्टवान र नैतिकतावान पुरुष महिलाको अस्तित्व हो जो राम्रा मानवको हैसियतले कुनै पनि देशमा जिम्मेवार नागरिक हैसियतले आफ्नो कर्तव्यलाई पूरा गर्न सक्क्षम होस। हरेक युगका शिक्षाविदहरुको यहीँ सिद्धान्त रहेको छ। अन्तमा हामी सबै नेपाली मुसलमानहरु शिक्षालाई कुनै विभाजन नगरी प्रतिज्ञा गरौं हामी आफ्ना सन्तानलाई कमाउने माध्यम बनाउने छैनौं  उनिहौलाई सर्वप्रथम उच्च शिक्षाको व्यवस्था गर्नेछौं फेरि इन्शाअल्लाह एउटा एउटा नयाँ समाजको अस्तित्व सिर्जना  हुनेछ... واللہ علی کل شیئ قدیر
अनुवादक अबुबकर नदवी

کوئی تبصرے نہیں:

ایک تبصرہ شائع کریں

اسمارٹ فون تعمیر یا تخریب؟

  اسمارٹ فون .تعمیر یا تخریب؟ از قلم: محمد طاسین ندوی   آج کے اس پرآشوب دور میں دنیا نے ایسی مادی ترقی کی ہے کہ اب اسی ترقی کو اچھے اور برے ...