منگل، 9 جون، 2020

लोकतान्त्रिक देश नेपाल र नेपाली मुसलमान विश्लेषण र केही प्रस्ताव




✍️ लोकतान्त्रिक देश नेपाल र नेपाली मुसलमान विश्लेषण र केही प्रस्ताव
✍️ मुहम्म्द तासीन नदवी
नेपाल भूगोलिक हिसाबले तीन खण्डमा विभाजन गरिएको एउटा सुन्दर राष्ट्र हो जसको उत्तर तर्फ चीन अवस्थित रहेकोछ भने दक्षिण पश्चिम र पुर्ब तर्फ भारत रहेको छ।  नेपालको भूगोल अत्यन्तै बिबिध रहेको छ । यहाँ घना जङ्गलहरु उर्वर जमिन र विश्वका आठ अग्ला पहाडहरु नेपालमै अवस्थित रहेका छन। जस मध्य एक त विश्वकै सर्वोच्च सगरमाथा Mount Everset जोकि अन्तरास्ट्रिय जगतमा एउटा विशिष्ट नमुनाको रुपमा रहेको छ सो पनि नेपालमानै अवस्थित रहेको छ। नेपालको राजधानी काठमाडौं हो जो नेपालको सबैभन्दा ठुलो सहर पनि रहेको छ। हाम्रो देश नेपालमा विभिन्न जात जाति भाषा धर्म बण लिङ्ग क्षेत्र आदि बसोबास गर्ने साझा फुलवारी भनेर वर्णन गर्ने गरिन्छ। जबकि नेपालको राष्ट्रियभाषा कामकाजको भाषा एवम् सरकारी कार्यलयको भाषा नेपाली रहेको छ।
पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश सामान्यता गोरा हुने गर्छन भने नेपालको अधिकांश जनसंख्या तराई क्षेत्रमा अवस्थित छ र  मुसलमानहरुको बसाई पनि तराई क्षेत्रमानै धेरै रहेको छ उनीहरुको रहनसहन लवाई खवाई परम्पराहरु भारतवासी सङ्ग मिल्दोजुल्दो छ। नेपाल भित्र ईस्लाम भारतीय व्यापारी मार्फत आएको इतिहास हामीलाई ज्ञात गराउछ सोहिकरण भारतीय सभ्यताको वर्चस्व रहेको भुझिन्छ। यहाँ अवस्थित अधिकांश मुसलमानहरु सामान्यता पिछडिएका अशिक्षित र राष्ट्रियभाषा नेपाली देखी अनविज्ञ रहेका छन। केही बर्ष अगाडी सम्म नेपालको पहिचान एउटा हिन्दु राष्ट्रको रुपमा थियो तर २०६५ सालको आन्दोलनले नेपाल हिन्दुराष्टदेखी एउटा लोकतान्त्रिक देश बनेको थियो। देशमा यो आमूल परिवर्तन पछि पनि नेपालको संविधानमा कुनै खास परिवर्तन हुन सकेन मुसलमानहरुका मौलिक हक अधिकार खोसिएको एथार्थ जगजाहेर रहेको छ भने नेपालको संविधानको हेराइ मुसलमान माथी कस्तो छ भन्ने पनि प्रष्ट हुन्छ। हामी पछाडीनुको मुल कारण पनि हामी स्वयम्नै हौ। हामी सङ्ग नेपाली भाषा छैन राम्रा नेता एवम् रह्बर छैन हामी सङ्ग स्कुल कलेज विश्वविधालय छैन यसैगरी कुनै ईस्लामिक सेन्टर छैन मिडियामा हाम्रो उपस्थिति शुन्य रहेको छ। फेरि कसरी हामी अगाडी बड्न सक्छौ ? कसरी उन्नति प्रगति गर्न सक्छौ ? मिडिया जसलाई लोकतन्त्रको चौथो अङ्ग मानिएको छ जसमा हाम्रो उपस्थिति न्यून रहेको छ ।जसको माध्यमले हामी आफ्नो हक अधिकारको लागि शसक्त रुपले आवाज उठाउन सक्छौ।अब आएर कसले हाम्रो लागी आवाज उठाईदिन्छ? हामीहरु कस्को पर्खाइमा बसेका छौ? के अब पनि हाम्रो हक अधिकारको लागि कोहि अरु आएर लडिदिन्छ्न? यदि यसो हैन भने फेरि हामिहरु किन मौन छौ?  हाम्रो दील निकैनै जटिल भैसकेको अवस्था छ हामीलाई यी कमीबारे थोरै आभास सम्म हुदैन। यदि हामीहरु यसैगरी निदाईरहेयौ भने त्यो दिन टाढा छैन जब हाम्रो अवस्था पनि ठिक त्यस्तै हुनेछ जस्तो बोसोनियावासी  चेचेनियावासी वर्मा र रोहिङ्गियाको भएको थियो र भैरहेको छ। अहिले अफ्नो अधिकारकोलागी लड्ने, सरकार सङ्ग हाम्रा मौलिक अधिकार माग्ने र हामी र हाम्रा पिढिको उज्ज्वल भबिस्यको लागी संघर्ष  गर्ने समय बितेको छैन। यदि अब पनि हामिले नेपाली भाषामा दक्षता प्राप्त गर्नको लागि प्रयास गरेनौं भने भोलिका दिनमा हाम्रा अगुवा यस्ता हुनेछन जललाई ईस्लामको आधारभुत शिक्षाको पनि ज्ञान् हुने छैन। म आह्वान गर्न चाहान्छु विषेश गरि मदर्साका विदयार्थीलाई जसरी तपाईं अरबी उर्दु भाषालाई आफ्नो जिबनको महत्त्वपूर्ण अंश मान्नुहुन्छ त्यसैगरी नेपाली र ईंग्लिश भाषामा पनि दक्षता प्राप्त गर्नुहोस्। गाउँ समाज देश बिदेशमा आफ्नो शिक्षा साहित्य सभ्यता बोलिबचन र भाषाको सिक्का जमाउनुहोस। अहिलेको तपाईंको समय भनेको  केही गर्ने र केही बन्नेको हो अवस्य पनि गर्नुस र सफलतालाई आफ्नो नाम गर्नुस। ताकी तपाईंलाई नेपालका कुनै विभागमा लज्जास्पद हुन नपरोस आफ्नो मुख खोलौ व नखोलौ भन्ने दुबिधा नपरोस् कसैले केही सोधे के जवाफ दिनेहोला भन्ने खाले जसता त्रासबाट टाढा रहनुहोस तपाईंलाई कसैको सामु मलाई राष्ट्रिय भाषा आउदैन भन्न नपरोस् । लौ अब आउनुस आज एउटा वाचा गरौँ ।  नेपालको संविधानको गहिराईको साथ अध्यन गर्नेछौ नेपाली भाषामा दक्षता प्राप्त गर्नेछौ र आफ्नो हक अधिकार स्वतन्त्रताको आवाज बुलन्द रुपले उठाउनेछौ भनेर। हामी यति सक्षम हौकि सरकारको माथिल्लो निकाय समेत हाम्रो सचेतना देखेर ऊ आफू सचेत होस। अब नेपालका मुसलमानहरु जागरुक भैसकेका छन अब उनिहरुलाई धोकामा राख्न सकिँदैन र इनिहरुको हक अधिकार हनन गर्न सकिँदैन। यो सबै चिजहरु तब सम्भव हुन्छ जब हामीले उच्च शिक्षा हासिल गर्छौ किनभने शिक्षाको अगाडी ठुला ठुला ठग धोखेबाजहरु निहुरिएका छन। अन्तमा अल्लाह सङ्ग मेरो दुवाछ अल्लाह ताआला सबै मदर्सा मक्तब र सबै मुसलमानलाई समझबुझ प्रदान होस हामीसबैलाई राष्ट्रियभाषामा दक्षता प्राप्त होस र हामी सबैको भविस्य उज्ज्वल होस।
      अनुवाद अबुबकर नदवी

کوئی تبصرے نہیں:

ایک تبصرہ شائع کریں

اسمارٹ فون تعمیر یا تخریب؟

  اسمارٹ فون .تعمیر یا تخریب؟ از قلم: محمد طاسین ندوی   آج کے اس پرآشوب دور میں دنیا نے ایسی مادی ترقی کی ہے کہ اب اسی ترقی کو اچھے اور برے ...